
फाइल तस्बिर
विस्फोटमा परी चारजना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर–९ स्थित भलाद्मीचोकमा घरदैलो कार्यक्रममार्फत् भोट मागिरहेका बेला गराइएको विस्फोटमा घाइते हुने सबै कांग्रेस कार्यकर्ता हुन् ।
घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ छन् ।
कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेतका कार्यकर्ताले भोट मागिरहेका बेला विस्फोट भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए ।
घाइतेको इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भने खुलेको छैन ।






प्रतिक्रिया दिनुहोस्