निर्वाचन आचारसंहिताविपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ ।
नेपाल प्रहरीमा चार अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ ।
कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गरेका छन् ।
साथै, शृंखलाबद्धरुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्