२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


युुवतीको शंकास्पद मृत्युु, जलाउँदा–जलाउँदैको शव प्रहरीले उठायो


0
Shares

देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।

शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् ।

युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछिमात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ । रासस