बिहीबार झापाको बिर्तामोडमा आयोजित चुनावीसभामा उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री बन्ने दोहोर्याए ।
सत्ता छोड्नुपर्ने पीरले कांग्रेस अत्तालिएको ओलीको भनाइ थियो ।
राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वामपन्थीबीच तालमेल भएको सुनाउँदै ओलीले गलत ठाउँमा भोट हालेर सन्तानको भविष्यमाथि खेडवाड नगर्न मतदातालाई आग्रह गरे ।
अधिकांश समय कांग्रेसको आलोचनामा खर्चिएका ओलीले मुलुक विखन्डन गर्न चाहनेसँग तालमेल गरेर कांग्रेसले बेइमानी गरेको आरोप लगाए ।
नेपालको अग्रगामी अभियान अब नरोकिने भन्दै उनले अब देशलाई अल्मलिन नदिने जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्