बिहीबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर–३ स्थित शम्भुनाथ नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालमा दमनमार्फत् शासन स्थापना गर्नकै निम्ति कम्युनिष्टको एकता गराइएको दाबी गरे ।
कम्युनिष्ट सरकार बने जनता सम्पत्तिको अधिकारबाट बन्चित हुनेमात्र नभइ नागरिकलाई दास बनाइने र अर्को चुनाव नै हुन नदिने उनको भनाइ थियो ।
देउवाले संविधान संशोधनमार्फत् मधेसको अधिकार प्राप्ति तथा संघीयता र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको विकल्प नरहेको जिकिर गरे ।
उनले नेपाली कांग्रेस मधेसकै पार्टी रहेको भन्दै आसन्न निर्वाचनमा कांग्रेसलाई भोट दिए संविधान संशोधन गराइ मधेसीको हक–अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्