Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


अवैध कल रोक्न सहयोग गर्न टेलिकमको आग्रह


0
Shares

हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाटसमेत आउने गरेको र यसबाट ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बन्चित हुनुको साथै राजश्वमासमेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन टेलिकमले ग्राहकहरुमा अनुरोध गरेको हो ।

टेलिकमका मोबाइल तथा ल्यान्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैद्यमार्गबाट आएको हुने जनाइएको छ ।

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ‘ट्रयाक’ गर्न कठीन हुने भएकाले त्यस्ता कलमार्फत् विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा रहने टेलिकमको भनाइ छ ।

ठगी गर्ने नियतले ‘चिट्ठा परेको’ भन्दै केही दिनयता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमासमेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले यस्ता अवैद्य कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको टेलिकमद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिन टेलिकमले अनुरोध गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको पनि जनाइएको छ ।