१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सेयर बजार सामान्य अंकले हरियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले सकारात्मक रहेर १५ सय ३७ कायम भएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो । होटल, बिमा, जलविद्युत्, लघवित्त, अन्य र वाणिज्य बैंक समूह सकारात्मक रहे ।

होटल समूह सबैभन्दा उच्च २५ अंकले उकालो लाग्यो । जलविद्युत् समूह २१ अंकले र बिमा समूह २० अंकले उकालो लाग्यो । विकास बैंक, उत्पादनमूलक र वित्त समूह ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका १३ लाख ५२ हजार कित्ता सेयर ७५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।