२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


४५ जिल्लामा ८८ सुक्ष्म अनुगमनकर्ता खटिए


0
Shares

आयोगले बिहीबार ८८ जना उपसचिवलाई अभिमुखिकरण तालिम दिएर शुक्रबारबाट फिल्डमा खटाएको हो । यी अनुगमनकर्ताले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारहरुको चुनावी प्रचार प्रसार, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा अनुगमन गर्नेछन् ।

अनुगमनको क्रममा आचारसंहिता विपरितका घटना देखिए तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने र आयोगले पनि तत्कालै कारवही गर्ने जनाईएको छ । सुक्ष्म अनुगमनकर्ताहरु मंसिर २२ गतेसम्म फिल्डमा रहनेछन् ।