१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


राजधानीमा भित्र्याउन लागिएको विस्फोटक पदार्थसहित दुई भारतीय पक्राउ


0
Shares

शुक्रबार धादिङको खानीखोलामा प्रहरीले एउटा प्रेसरकुकर बम र दुइओटा सकेटबमसहित बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको हो ।

प्रहरीले विस्फोटक पदार्थ ल्याएको आशंकामा दुईजनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा भारत, आसामका राजु विश्वास र भारत, पश्चिम बंगालका मोहमद फर्मान अली रहेको प्रहरीले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरेर आतंक मच्चाउने उद्देश्यले विस्फोटक पदार्थ काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।