Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


लोकतान्त्रिक र वाम गठबन्धन संविधान सर्वस्वीकार्य बनाउने सोचमा नरहेको डा. भट्टराईको आरोप


0
Shares

मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियानको क्रममा शुक्रबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

आयोगको प्रतिवेदनअनुसार संविधान संशोधन भएमात्रै मधेशी जनताको अधिकार स्थापित हुने जिकिर गर्दै उनले मधेशी जनताप्रति दुवै गठबन्धनको कुनै दीर्घकालिन सोच नभएको ठहर गरे ।

उनले कांग्रेस भोटको लागिमात्रै लोकतन्त्र र संघीयताको नारा लगाउँदै जनतालाई मोहित पार्ने प्रयत्नमा रहेको आरोप लगाए ।

उनले फोरम–राजपाको चुनावी मुद्दासँग आफुहरुको मुद्दा निकट रहेको स्पष्ट गर्दै संविधान संशोधन गर्ने दललाई विजयी गराउन आग्रह गरे ।