Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत, जलपाइगुडीका सुभाष तामाङ छन् ।

यस्तै, पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत् शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् ।

पक्राउ परेका व्यक्तिविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत् मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपीन कर्माचार्यले बताए ।

उनकाअनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचनविरोधी गतिविधिमा लागेको पाइएकाले मुद्दा चलाइएको हो । रासस