२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य : निधि


0
Shares

जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो’–भने ।

नेता निधिले आफ्नो उम्मेदवारी त्यागबारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै ‘आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु’–भने ।

उनले आफू यहीँ जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षिजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत् रहेका कारण आफ्नोबारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पस्ट पारे ।

एक प्रश्नको जवाफमा उनले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफूले अनुमान गरेभन्दा अधिक मत प्राप्त गर्ने दाबी गरे ।

नेता निधिले देशमा राजनीतिक स्थिरता र मधेस मुद्दाको सम्बोधन सन्दर्भमा संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गरे । रासस