२ असार २०८२, सोमबार | Mon Jun 16 2025


ललितपुर–३ मा को बलियो ? भुसाल र अमात्य के भन्छन् ? (भिडियो)


0
Shares

त्योमध्ये ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ निकै चर्चामा रहेको छ ।

ललितपुरका तीनओटा क्षेत्रमध्ये क्षेत्र नम्बर–३ चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेस, वाम गठबन्धन र अन्य साना दलहरुका उम्मेदवार चुनावी मैदानमा रहेपनि मुख्य गरी नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

वाम गठबन्धनका उम्मेदवार एंव माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल र नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति मदन अमात्यबीचको प्रतिस्पर्धा चर्चामा रहेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल यो क्षेत्रमा दोस्रोपटक चुनावी मैदानमा छिन् ।

यसअघि, २०६४ सालको संविधानसभा निर्वाचनमा भुसाल यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । पहिलो संविधानसभामा निर्वाचित भएपनि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने प्रवक्ता भुसालले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा रहेर चुनाव बहिस्कार गरेकी थिइन् ।

यता, नेपाली कांग्रेसबाट उम्मेदवार रहेका मदन अमात्य दोस्रो संविधानसभामा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

वाम उम्मेदवार भुसाल राष्ट्रिय राजनीतिमासमेत चिनिएको नाम हो भने कांग्रेस उम्मेदवार अमात्य पार्टी जिल्ला सभापति भएर परिचित छन् ।

मतदातालाई आफूतिर तान्न घरदैलो र चुनावीसभामा केन्द्रित रहेका दुवै उम्मेदवारले आफू विजयी हुने दाबी गर्दै आएका छन् ।

वाम गठबन्धनका उम्मेदवार पम्फा भुसालले ललितपुर जिल्लामा ७० प्रतिशत वाम मतदाता रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् ।

नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यले आफू यस क्षेत्रका मतदाताको सुख–दुःखको साथी भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

उम्मेदवार अमात्यले जिल्लामा रहेको खानेपानीको समस्या समाधानलाई पनि मुख्य एजेन्डा बनाएका छन् ।

ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी लगायत दल र स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा छन् ।

विगतको मतपरिणाम हेर्दा यहाँको चुनावी प्रतिस्पर्धा निक्कै रोचक हुने देखिएको छ ।

ललितपुर महानगरपालिकाका २० ओटा वडा र गोदावरी नगरपालिकाका वडा नम्बर–१२, १४ क्षेत्र नम्बर–३ अन्तर्गत् पर्छन् ।

स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

ललितपुर क्षेत्र नम्बर–३ को प्रदेश ‘क’मा ४४ हजार ६८४ र ‘ख’मा ४१ हजार ७५५ मतदाता रहेका छन् भने जिल्लाभरि २ लाख २८ हजार ३३८ मतदाता रहेका छन् ।

भिडियो हेर्नुहोस्