देउवा अछाम पुगेकै दिन महिला संघकी केन्द्रीय सदस्य भुजेल एमालेमा प्रवेश • Image Khabar Image Khabar


देउवा अछाम पुगेकै दिन महिला संघकी केन्द्रीय सदस्य भुजेल एमालेमा प्रवेश


Imagekhabar
१५ मंसिर २०७४, शुक्रबार २०:१८

देउवा अछाम पुगेकै दिन महिला संघकी केन्द्रीय सदस्य भुजेल एमालेमा प्रवेश

शुक्रबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महिला नेत्री भुजेललाई फूलमाला र टीका लगाएर एमालेमा स्वागत गरे ।

साँफेबगर नगरपालिका वडा नम्बर–७ रिडिकोटमा आयोजित वाम गठबन्धनको चुनावीसभामा भुजेल एमाले प्रवेश गरेकी हुन् । नेपाल महिला संघ नेपाली कांग्रेसको भगिनी संगठन हो ।

अछाम निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेसका जिल्ला सभापति भरतकुमार स्वाँर र भुजेल एउटै वडाबासी हुन् ।

केही दिनअघिमात्रै सोही वडा निवासी कांग्रेसका पूर्वजिल्ला उपसभापति जयन्द्र स्वर कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न शुक्रबार अछाम पुगेका थिए । उनले मंगलसेन र साँफेबगरमा कांग्रेसद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्