२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१२० स्थानीय तहमा बैंक पुग्न बाँकी


0
Shares

निर्वाचनपछि वित्त आयोग गठन हुने उपाध्यक्ष डा.वाग्लको भनाई थियो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले राजनीतिक कारणले वित्त आयोग गठनमा ढिलाइ भएको भन्दै नयाँ संसदपछि आयोग गठन हुने बताए ।

आर्थिक सुशासनमा कमल चलाउन आग्रह गर्दै उनले २०४८ सालमा जस्तै अब आर्थिक गतिविधिले प्राथमिकतामा पाउने पनि बताइ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले देश संघिय संरचनामा गएकाले वित्तिय क्षेत्र पनि सो पद्धतिमा लैजान आवश्यक रहेको बताए । उनले अहिले कूल जनसंख्याको ९० प्रतिशत सर्वसाधारणमा वित्तिय सेवा पुगेपनि क वर्गका बैंक भने १२० स्थानीय तहमा पुग्न बाँकी रहेको जानकारी दिए ।

यसैगरी, सेजनले जनही २५ हजार राशीको सेजन पत्रकारिता पुरस्कार ४ जना आर्थिक पत्रकारलाई प्रदान गरेको छ । सेजन अवार्ड पाउनेहरुमा नागरिक दैनिकका दिलिप पौडेल, कान्तिपुर दैनिकका कृष्ण आचार्य, कर्पोरेट नेपालका सिताराम विलासी र राष्ट्रिय समाचार समितिका किरण भट्टराई छन्।

प्रोत्साहन पुरस्कार स्वरुप क्यापिटल बिजनेस म्यागेजिनका विनय वञ्जारालाई प्रदान गरिएको छ । सेजनले पुर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको थियो ।