बेलायतले माग्यो ५५०० नर्स • Image Khabar Image Khabar


बेलायतले माग्यो ५५०० नर्स


Imagekhabar
१६ मंसिर २०७४, शनिबार ०६:५३

बेलायतले माग्यो ५५०० नर्स

‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।

यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरुले यसबाछ विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए ।

बेलायतमा हाल ४० हजार नर्सको पद खाली छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्