१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा विस्फोट


0
Shares

शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ । बम शनिबार बिहान् ५ः४० बजे विस्फोट भएको हो ।

विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । पौडेलको घरमा उनकी फूपू बस्दै आएकी थिइन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले कांग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन विस्फोट गराएको आरोप लगाए ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।