१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


थिमिमा बम भेटियो, सेनाको टोलीद्वारा डिस्पोज


0
Shares

शनिबार बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो ।

स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाएको छ । (रासस)