
काठमाडौंको ‘मनमोहन कार्डियो थेरासिक सेन्टर’, गंगालाल हृदयरोग केन्द्र, ‘जयन्ती मेमोरियल ट्रस्ट’ र अमेरिकाको युनीभर्सिटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा सो शिविर सन्चालन गरिएको हो ।
जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका ८०० जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक विमला न्यौपानेले जानकारी दिइन् ।
स्वास्थ्य परीक्षण, इसिजी, इकोका साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ चिकित्सक भगवान कोइराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डा.ज्योतेन्द्र शर्मा र अमेरिकी चिकित्सकको टोलीले सेवा दिएका थिए ।
मुटुरोगको उपचार गराइरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटुरोग न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको संयोजक न्यौपानेले बताइन् । ।
गाउँमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, उच्च रक्तचाप, चिनीलगायत नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ ।
अस्वस्थ खानपान र विलाशी जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकले बताएका छन् । शिविरमा उपचारका लागि आएका बिरामीलाई मुटुरोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्