Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


देशमा अधिनायकवाद आए समृद्धि र विकास रोकिन्छ: प्रधानमन्त्री देउवा


0
Shares

कम्युनिष्टले जिते विदेशी लगानी नभित्रिने भन्दै देशमा अधिनायकवाद आए समृद्धि र विकास गर्न नसक्ने बताए ।

कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेशले आयोजना गरेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले विदेशीले कांग्रेसलाई मात्र पत्याउने हुँदा कांग्रेसले नै जित्न आवश्यक रहेको बताए ।

यो देशमा समृद्धि र विकास ल्याउने काम नेपाली कांग्रेशले नै गर्न सक्ने दाबी गर्दै सभापति देउवाले नेपाली कांग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्य देखि लिएर प्रजातन्त्र, लोकतन्त्र पछि पनि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भई गणतन्त्र आएको र देशले कांग्रेसकै नेतृत्वमा संसारकै उत्कृष्ट संविधान जारी भएको जिकिर गरे । उनले भने, संबिधान कार्यान्वयनका लागि समेत कांगेसले नै जित्नुपर्छ ।’

कैलाली र कञ्चनपुरमा रहेका राना थारु समुदायलाई सुचिकृत गर्ने काम कांग्रेसले नै गर्ने उनले दाबी गरे ।

त्यस्तै प्रधानमन्त्री देउवाले आदिवासी जनजाती, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई समेत मूलधारमा पुर्याउन आवश्यक रहेको बताए ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा जिल्ला दौडाहामा केन्द्रीत छन् ।