१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको गृहको दावी


0
Shares

सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि गृह मन्त्रालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले देशका विभिन्न स्थानमा भएको केही छिटपुट घटना पनि अब पूर्ण नियन्त्रण लिइने प्रष्ट गरे ।

देशैभर सुरक्षा निकायको बलियो उपस्थिति रहेको र विष्फोटमा संलग्न भएकाहरुलाई पनि नियन्त्रणमा लिइरहेको जानकारी दिँदै उनले सुरक्षा वैठकमा दोस्रो चरणको निर्वाचनलाई भयरहित बनाउन गरिएका प्रयासबारे छलफल भएको जानकारी दिए ।

प्रवक्ता दुवाडीले मतदानका दिन ढुक्क भएर मत हाल्ने अवस्था बनाइएको दावी पनि गरे । उनले सुरक्षा चुनौति खडा गर्ने पाँच सयभन्दा बढीलार्य नियन्त्रणमा लिइएको पनि बताए ।