२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल चेम्बर एक्स्पोमा आयुर्वेदिक उत्पादनमा आगन्तुकको रुची


0
Shares

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको मेलामा पाकिस्तान र बङ्लादेशको छाला जन्य उत्पादनमा समेत आकर्षण देखिएको आयोजकले जनाएको छ ।

मेलामा राखिएका सामाग्रीको मूल्य भने महङ्गो रहेको गुनासो सर्वसाधारणले गरेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण अवलोकनकर्ताको संख्यामा कमी आएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

विहीबारदेखि जारी मेलाको शनिबारसम्म करिब १५ हजारले अवलोकन गरेका छन् ।

मेलामा अटोमोवाइल, विद्युतीय सामाग्री, फोलोरिङ्ग तथा फर्निसिङ्ग, घरायसी प्रयोजनका सामाग्री, फेसन वेयरलगायतका उत्पादन राखिएका छन् ।

नेपालसहित भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चिन, कोरिया, जापानले सहभागिता जनाएको मेला सोमबारसम्म चल्नेछ ।