२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


उत्तर ध्रुबीय सागर ‘आर्क्टिक’मा माछा मार्न प्रतिबन्ध


0
Shares

अमेरिका, चीन, रुस, क्यानडा, जापान, युरोपियन युनियन, आइसल्यान्ड, डेनमार्क र दक्षिण कोरियाले आर्कटिकमा व्यवसायिक रुपमा माछा मार्न सुरु नहुँदै प्रतिबन्ध लगाउन सहमत भएका हुन् ।

ती देसहरुले ‘इकोसिस्टम’बारे भइरहेको वैज्ञानिक अनुसन्धान जारी रहेसम्मका लागि कायम हुनेगरी सहमति गरेका हुन् । सहमति १६ वर्षसम्म कायम रहनेछ ।

‘आर्क्टिक’को सबैजसो क्षेत्रमा पहिले हिउँ जमेको थियो । तर, विश्वव्यापी तापक्रम वृद्धिले त्यहाँ हिउँ पग्लिएर अहिले पानी बनिरहेको छ । भूमध्य सागर जत्रो उक्त क्षेत्र करीब २८ लाख वर्ग किलोमिटर छ ।

अहिलेसम्म त्यहाँ व्यवसायिक रुपमा माछा मार्ने काम भएको छैन । सम्झौताको संरक्षणकर्मीहरुले स्वागत गरेका छन् । एजेन्सी