२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रौतहटमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ! (भिडियो)


0
Shares

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दुबै एक अर्काका प्रतिस्पर्धी रहँदा यिनै पटेलले नेपाललाई हार चखाएका थिए । तर समयको चक्रमा आज नेता नेपालले उनै पटेललाई भोट माग्न गाउँगाउँ चहार्दै छन् ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर २ दुबै क्षेत्रबाट बिजयी भएका एमाले नेता माधवकुमार नेपालले काठमाडौंको क्षेत्र छाडेर रौतहटलाई नै रोजेका थिए । तर मंसिर २१ गते हुने यसपटकको प्रतिनिधि सभा निर्वाचनमा उनले रौतहट छाडेर काठमाडौं नै रोजेपछि यहाँको चुनावी परिणाम कता जान्छ भन्न सकिने स्थिति छैन ।

प्रजातन्त्र प्राप्तिपछिको निर्वाचनमा भाग लिदै आएका मतदाताको जीवनस्तर २६ बर्ष यता परिवर्तन हुन सकेको छैन । शिक्षा, सरसफाई, विकासमा रौतहट सबैभन्दा पछि परेको जिल्लाको रुपमा लिइएको छ । रौतहटको चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, वाम गठबन्धन र मधेशवादी दलको गठबन्धनबीच त्रिपक्षीय भिडन्त रहेको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्