२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सगुनमा लगानी गर्न डिसेम्बर ३ सम्म, फारम भरेकाले पैसा पठाउन समय थप (भिडियो)


0
Shares

नोभेम्बर ३० मा बन्द गरिने भनिएको भएपनि समय थप गरिएको तर थपगरिएका दिनहरु विदाको दिन परेको र लगानीको लागि फाराम भरेर पनि रकम पठाउन नसक्ने गुनासाहरु प्राप्त भएकोले पैसा पठाउने नयाँ समय तोकेको छ ।

जस अनुसार लगानी गर्न पाउने अन्तिम क्षणसम्म फाराम भरेका व्यक्तिहरु अर्थात ३, नोबेम्बरको मध्यरातसम्म (न्युयोर्क समय) सोही दिन पैसा पठाउन नसकेमा शुक्रबार डिसेम्बर ८, २०१७ सम्ममा पठाउन सक्ने व्यवस्था मिलाइएको सगुनका सह संस्थापक कविन्द्र सिटौलाले भिडियो सन्देश मार्फत सो कुरा जानकारी गराएका हुन ।

सिटौलाले सो भिडियो सन्देशमा जनाए अनुसार लगानी गर्नको लागि न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिख राती १२ बज्दा जुन जुन देशमा जुनदिन र सयम हुनेछ सोही समय सम्ममा लगानी गर्न पाइनेछ ।

जस अनुसार जापानको टोकियोबाट डिसेम्बर ४ तारिख दिंउस २ बजेसम्म, द.कोरियाको सिउलबाट पनि डिसेम्बर ४ तारिख दिउँस २ बजेसम्म, अष्ट्रेलियाको सिड्नीबाट डिसेम्बर ४ तारिख दिउँस ४ बजेसम्म, लण्डनबाट डिसेम्बर ४ तारिख बिहान ५ बजेसम्म लगानीगर्न पाइने छ ।

तर सो समयभन्दा पछि फाराम भर्न नपाइने कुरा सिटौलाले भिडियोमा बताएका छन् ।

त्यसै गरि सिटौलाले ‘एक घर, एक सगुन’ को अभियानलाई सगुन ( sagoon.com/invest )का लगानीकर्ताहरुले विश्वभर फैलाइरहेकोमा आभार प्रकट गरेका छन् ।

आफ्ना सामाजिक सञ्जालहरु मार्फत फैलाएको सन्देश मूलक अभियानले सगुनको बारेमा धेरैलाई जानकारी पुग्ने र यसले सगुनलाई सफल बनाउने थप आधार समेत तयार हुने जनाएका छन् ।

लगानीकर्ताहरुलाई केही आकर्षणको व्यवस्था गरेको कुरा समेत सिटौलाले बताएका छन् । जस अनुसारः १००० अमेरिकी डलर वा सो भन्दा बढि लगानीकर्ताहरुलाई सगुनको पहिलो एजिममा सहभागिहुन विशेष निमन्त्रणा गरिनेछ ।

१०,००० अमेरिकी डलर वा सो भन्दा बढी लगानीकर्ताहरुलाई एजिममा निमन्त्रण गरिनुको साथै उनीहरुको नाम संसारभरका सगुनका हरेक कार्यालयहरुमा राखिनेछ ।

२५,००० अमेरिकी डलर वा सो भन्दा बढी लगानीकर्ताहरुलाई माथिको सबै साथै सगुनका सबै कार्यालयहरुमा फोटो राखिने र भारतमा हुने सगुनको एपलञ्च गर्ने भब्य कार्यक्रममा सम्मान गरिने तथा उक्तकार्यक्रममा आउने जाने हवाइ टिकटको व्यवस्था गरिने छ ।

भिडियो सन्देशको अन्त्यमाउनले भनेका छन् नोभेम्बरको अन्तिम ४८ घण्टाको समयमा लगानीमा सहभागिता जनाउने व्यक्तिहरुको ठूलो चाप बढेकोले हामीले डिसेम्बर ३ तारिखसम्म लगानीको समय बढाउएका थियौँ ।

तर अब समय थप गर्न नसकिने भएकोले इच्छुक सबैलाई अन्तिम अवस्थासम्म नकुरी आफ्नो अनुकुल अनुसार चाँडै लगानी गर्नु हुन अनुरोध गर्दछौँ ।

लगानीको लागि कुनै पनि प्रकारका जिज्ञासा वा प्रश्नभएमा सगुनको लाइभ च्याट तथा हटलाइनमा सम्पर्क गर्न सक्नुहुनेछ ।’

सगुनले विश्वभरबाट पाएको साथ र सहयोग प्रति सबैलाई धन्यवाद ज्ञापन गर्दै यसमा साथ र सहयोगले सगुनलाई सफलताको नजिक पुर्याएको विश्वास ब्यक्त गरेका छन् सिटौलाले ।

(भिडियो हेर्नुहोस)