१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


गौचनको हत्या लेनदेनकै कारण, समीरमानबारे प्रहरीको यस्तो छ अनुुसन्धान(भिडियो)


0
Shares

शनिबार चितवनको नारायणगढबाट पक्राउ परेका ३४ वर्षिय बस्न्यातलाई केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले आज काठमाडौंमा सार्वजनिक गरेको हो ।

गौचनको गत असोज २३ गते नयाँ बानेश्वरको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

काठमाडौंको बाफल स्थायी घर भएका बस्न्यात साढे २ वर्षदेखि नेपाल बाहिर बसेर नेपालमा विभिन्न अपराधिक कार्यहरु गराउँदै आएको आरोप प्रहरीले लगाएको छ ।

बस्न्यातको समूहले गौचनको हत्या गर्नुमा उनीहरुबीचको लेनदेन विवाद उत्कर्षमा पुग्नु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साढे दुई बर्षअघि प्रहरीको गोलीबाट मारिएका गुण्डा नाइके कुमार घैंटेको मूख्य लगानी रहेको गजुरमुखी कन्स्ट्रक्सनले गौचनको निर्माण कम्पनी डाँफे कन्स्ट्रक्सनको शेयर लिन भनी साढे दुई करोड रुपैयाँ गौचनलाई दिएको प्रहरीले जनाएको छ ।

बस्न्यातले उक्त रकम मध्ये १ करोड आप्mनो भएको भन्दै साढे दुई करोड बराबरको शेयर नै दिन अथवा एक करोड रुपैयाँ फिर्ता गर्न गौचनलाई दबाव दिंदै आएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको २ प्रतिशत कमिसन मागेको र गौचनले त्यसमा वेवास्ता गरेपछि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

गौचन हत्यामा १५ जना संलग्न रहेको र ती मध्ये बस्नेतसहित ८ जना पक्राउ परेको तथा ७ जना अभैm फरार रहेको पनि प्रहरीले जनाएको छ ।

गत चैत २९ गते काठमाडौंको गौरीघाटमा दावा लामाथि गोली हान्ने पनि यही समूह भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ०७३ साल पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने घटनाको मूख्य योजनाकार पनि बस्न्यात नै भएको समेत प्रहरीको दाबी छ ।

उक्त घटनाको जिम्मा मनोज पुनले लिएपनि योजनाकार बस्न्यात नै रहेको तथा गोली हान्ने ब्यक्ति लोप्साङ लामा भएको सीआइबीले जनाएको छ ।

बस्न्यात पक्राउ परेपछि मनोज पुन र लामाबीच फाटो आएको समेत प्रहरीको दाबी रहेको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)