
काठमाडौं, पुस ९ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका विषयमा सोमबार पनि ठोस निर्णय हुन सकेन ।
शिक्षा स्वास्थ्य उपसमितिको सोमबार बसेको बैठकमा प्राविधिक शिक्षाअन्तर्गत् रहेको स्वास्थ्य कार्यक्रम र मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा सदस्यहरुबीच कुरा मिल्न नसकेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाअन्तर्गत् रहेका स्वास्थ्य कार्यक्रमहरु विद्यालय तहमै रहेका कारण आयोगमा लैजान नहुने अडान लिँदा कुरा मिल्न नसकेको हो ।
मन्त्री पोखरेलले सीटीइभीटीअन्तर्गत्का विषयलाई चिकित्सा शिक्षा विधेयको क्षेत्राधिकारभित्र राख्न नहुने र पाँच वर्षभित्र यस्ता कार्यक्रमलाई हटाउने/नहटाउने विषयमा थप छलफल गर्नुपर्ने अडान लिएका छन् ।
बैठकमा सो विषयमा छलफलसमेत हुन सकेन ।
यस्तै, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रावधानले काठमाडौंबाहिर पनि मेडिकल कलेज खोल्ने अवस्था नरहने भन्दै सांसदहरुले थप छलफल आवश्यक पर्ने बताएका छन् ।
यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले प्रा. डा. गोविन्द केसीसँग गरेको छलफलभन्दा बाहिर गएर विधेयक ल्याउन नहुने बताए ।
सांसद थापाले छात्रावृत्तिमा पढेका चिकित्सकहरुले कति वर्ष सुगम र दुर्गममा काम गर्नुपर्ने हो, त्यो पनि प्रस्ट हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्