बाँदरमुढे घटनाका पीडित र माओबादी केन्द्रबीच तीन बुँदे सहमति • Image Khabar Image Khabar


बाँदरमुढे घटनाका पीडित र माओबादी केन्द्रबीच तीन बुँदे सहमति


Imagekhabar
१७ मंसिर २०७४, आईतवार १७:५४

बाँदरमुढे घटनाका पीडित र माओबादी केन्द्रबीच तीन बुँदे सहमति

पीडित पक्षको माग सम्बोधन गर्न माओबादी सहमत भएपछि सहमती भएको हो ।

सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पीडितहरुबीच आज चितवनमा सहमति भएको हो ।

पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र हरि न्युरेले हस्ताक्षर गरेको छन् भने माओबादी अध्यक्ष दाहाल आफैंले हस्ताक्षर गरेका छन् ।

माओवादी युद्धकालमा बांदरमुढे भन्ने स्थानमा यात्रुवहाक बसमा माओवादीले विस्फोट गराउँदा निर्दोष ब्यक्तिहरुको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्