२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी


0
Shares

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै सुरक्षित लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बचतपत्र जारी गरेको हो ।

१० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७९’ जारी गरेको हो ।

मंसिर १० गतेदेखि बिक्री खुल्ला भएको बचतपत्र मंसिर २९ गतेसम्म किन्न पाइने बैंकले जनाएको छ ।

एक व्यक्तिले कम्तीमा ५ हजार देखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने बचत पत्रमा प्रत्येक ६/६ महिनामा व्याज भुक्तानी हुने र ५ वर्षपछि सावाँ रकम फिर्ता पाउने जनाइएको छ ।

बैदेशिक रोजगारीमा रहेका, बैदेशिक रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक एवं गैरआवासिय नेपालीले बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

विकास निर्माण एवं उत्पादनशील क्षेत्र लगानीका लागि बचतपत्र निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।