
गत असोज २८ गते भएको प्रवेश परीक्षामा ‘इलेक्ट्रोनिक्स् डिभाइस’बाट चिट चोरी गरेको प्रमाणित भएपछि रद्द भएको प्रवेश परीक्षा गत मंसीर १६ गते लिइएको थियो ।
आइओएमले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ७ हजार ३९८ जना मध्ये ३ हजार ३३१ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै, २०१ जना विदेशी विद्यार्थीले दिएको प्रवेश परिक्षामा ३३ जनामात्रै पास भएका छन् । प्रवेश परीक्षामा सामेल हुन फारम भरेका १६७२ जना भने परीक्षामा सहभागी नभएको परीक्षा समिति संयोजक एंव सहायक डिन प्रा.डा.राजेन्द्र गुरागाँईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्