
होटल र उत्पादनमूलक बाहेक अरु सबै समूह ऋणात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ४ अंकको गिरावट आयो ।
लघुवित्त र विकास बैंक समूहमा दोहोरो अंकको गिरावट आउँदा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
होटल समूह १८ अंकले उकालो लाग्दा उत्पादनमूलक समूह सामान्य अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीको १० लाख १६ हजार कित्ता शेयर ५४ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्