२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपाध्यक्ष रावल भन्छनः ‘हामी कसैलाई रुवाउन भोट मागिरहेका छैनौं’


0
Shares

‘जसले १४ बर्ष जेल बसे, बन्दुक बोकेर ज्यानको बाजी लगाएर परिवर्तन ल्याए, अब त्यो पार्टी आउँदा अधिकार नै नरहने र यस्तो कोही पत्याउनुहुन्छ ? केही पत्याउदैन’ रावलले भने ।

सदरमुकाम मंगलसेनमा वामगठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले २०४८ र २०५६ मा जनताले बहुमत दिएपनि नेपाली कांग्रेसले रक्षा गर्न नसकेको भन्दै शेरबहादुर देउवाले नै लोकतन्त्र दरबारमा बुझाएको भनाइ राखे ।

दुुई तिहाइ मत दिएर नेपाललाई उज्यालो भविष्य, प्रगती, समृद्धी, अखण्डता र राष्ट्रियता बचाउन मतदाताहरुसंग रावलले मत मागे । रावलले आफुहरुले कसैलाई रुवाउन मत नमागेको भनाइ राखेका छन् ।

जिल्लामा पक्की सडक, विमानस्थल, विद्युत सञ्चालन गर्ने भन्दै कांग्रेसले रुन नपर्ने भनाइ राखे । उपाध्यक्ष रावलले प्रधानमन्त्रि सेरवहादुर देउवाले नेपालको संसद र संबिधानको आलोचना गर्ने गरेको आरोप लगाए ।

उपाध्यक्ष रावलले भन्नु भयो ‘बर्तमान सरकार आफ्नै संसद र संबिधानको आलोचना गर्नुहुन्छ अनि बिदेशीलाई खुसी पार्न लम्पसार पर्नुहुन्छ ।’

नेकपा एमाले अछाम क्षेत्र नं २ को चुनावी आमसभालाई सोमबार मंगलसेन सम्कोधन गर्दै रावलले नेपाली काँग्रेस लम्पसारबादी भएकोले यसका बिरुद्ध देशलाई जोगाउन नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिज गठबन्धन भएको र चुनाव पछी पार्टी एकता हुने बताए ।

सोही कार्यक्रममा सम्बोधन गर्दै विना विभागीय मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शेरबहादुर देउवाले राजालाई बुझाएको लोकतन्त्र बन्दुक उठाएर फिर्ता ल्याएकोले आफुहरु अधिनायकवादको पक्षमा कहिल्यै नहुने भनाई राखे ।

वामगठबन्धनको घोषणापत्रलाई रातो कितावमा बदलेर कार्यान्वयन लैजाने समेत बताएका छन् ।

‘पाँच बर्ष हाम्रो विकास निर्माणको अभियान हुनेछ ।’ सडक, बिजुली, उपचार, शिक्षलाई जनतालाई अनुभत खालका काम गर्ने आवश्वसन दिए ।