
सोमबार आयोजित आमसभामा बोल्दै कांग्रेस नेता ध्यान गोविन्द रन्जितले बम आतंकबाट लोकतन्त्रलाई समाप्त गर्न नसक्ने भन्दै निर्बाचनमा बमको जवाफ मतपत्रमा स्वस्तिक चिन्ह प्रयोग गरेर परास्त गर्न आग्रह गरेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर–९ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता रन्जितले आगामी मंसिर २१ गते हुने निर्वाचनमा मतदातालाई मतपत्रमा स्वस्तिक चिन्ह प्रयोग गरेर निर्बाचनमार्फत लोकतन्त्रविरोधिहरुलाई समाप्त पार्नुपर्ने बताए ।
काठमाडौं क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’ का सदस्य ईन्द्रमान तुलाधरले संविधानलाई संस्थागत गर्न कांग्रेसलगायत लोकतान्त्रिक गठवन्धनलाई बहुमतसहित विजय गराउन आग्रह गरे ।
सभामा समानुपातिक सदस्यहरु समिता खड्गी श्रेष्ठ, श्रीमिला सुवाल र नानु बाँस्तोलाले बन्दुक र बमले तर्साएर अब राजनीति गर्न सम्भव नभएको बताउँदै विचारका आधारमा राजनीति गर्न सबैलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्