२ असार २०८२, सोमबार | Mon Jun 16 2025


इलामको उच्च पहाडि क्षेत्रमा चिसो बढेपछि निर्वाचन चुनौतीपूर्ण


0
Shares

आगामी बिहीबार हुने निर्वाचनका लागि सामाग्रीसहित कर्मचारी खटिएसँगै जिल्लाका उच्च पहाडि क्षेत्रमा चिसो अत्याधिक बढेपछि मतदान प्रकृया सन्चालनमा निकै चुनौती देखिएको छ ।

जिल्लाका माबु, माइमझुवा, जमुना, चमैता, पुवामझुवा, नयाँबजारलगायतका उच्च पहाडी क्षेत्रमा मतदानसम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले चिसोको कारण समस्या उत्पन्न हुनेसक्ने बताएका छन् ।

चिसोका कारण सो क्षेत्रका मतदाताहरु मतदानस्थलसम्म आइपुग्छन् की पुग्दैनन् भन्नेमा अन्यौल थपिएको छ । उच्च पहाडि क्षेत्र निकै चिसो भएपनि त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई थप सुविधा भने दिइएको छैन् ।

इलाममा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख ४ हजार ४६ मतदाता रहेका छन् । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्यका लागि १४ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।