 
	    काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालका लागि जापान सबैभन्दा विश्वासिलो र भरपर्दो सहयोगी राष्ट्र भएको बताएका छन् ।
नेपाल र जापानबीच औपचारिक मैत्रीपूर्ण सम्बन्ध ६२ वर्ष पुगेको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए ।
जापानले गरेको सहयोगप्रति नेपालीहरुको उच्च सम्मान रहेको अध्यक्ष दाहालको भनाइ छ ।
नेपाललेजस्तै जापानले पनि बेलाबखत ठूला–ठूला विपद्को समाना गरेको भन्दै अध्यक्ष दाहालले विपद् न्यूनीकरणमा जापानको अनुभव नेपालका लागि प्रेरणाको स्रोत भएको बताए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले विकासका लागि नेपाल सधैं आफ्नो मित्रराष्ट्रहरुको सहयोग लिएर अघि बढ्न चाहेको बताए ।
लामो समयपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा लगानी बढाउन जापान सरकारलाई आग्रह गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्