२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मापसे र लेन नियम उल्लंघन गर्ने चालकका लागि ट्राफिक सचेतना कक्षा २३ गतेसम्म स्थगित


0
Shares

मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महाशाखामा दैनिक रुपमा संचालन हुने मादक पदार्थ सेवन गरि सवारी चलाउने र लेन अनुशासन पालना नगरी सवारी चलाउने सवारी चालकहरुलाई प्रदान गरिने सचेतना कक्षा मंसिर २३ गते सम्मका लागि स्थगित गरिएको महाशाखाले जनाएको छ ।

मंसिर २४ गतेदेखि नियमित रुपमा सचेतना कक्षा संचालन हुने पनि महाशाखाले जनाएको छ ।