१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


वीरगन्जका पत्रकार सुदर्शनराज पाण्डे पक्राउ


0
Shares

बारा प्रहरीको सहयोगमा प्रहरीले बाराको डुमरबानाबाट विप्लब समुहको अपराधिक घटनामा संलग्न रहेको अभियोगमा पाण्डेलाई राती ९ बजे पक्राउ गरेको हो ।

पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीका अनुसार एक साताअघि वीरगंज चिनी कारखानाको अवास क्षेत्रबाट विस्फोटक पदार्थसहित फक्राउ गरिएको वकिल मेहन्द्र साह कलवारको बयानमा उनलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीकै हिरासतमा रहेका वकिल कलवारलाई संगठित भुमिगत पार्टीको गतिबिधी संचालन गरिएको सूचनामा छापा हानी प्रमाणसहित पक्राउ गरेको थियो ।

कलवारको कोठाबाट बम बनाउने विस्फोटक पदार्थ,बैठकको माइन्युट, चन्दा उठाइएको रसिदको ठेली र अरु कागजातहरु फेला परेको थियो ।