४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


इलामको माइली पाथीभरामा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै


0
Shares

इलाम । इलामको माइली पाथीभरा धाममा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ ।

इलाम नगरपालिका–४ मा पर्ने धारापानीमा दुई महिनाअघि उत्पत्ति भएको माईली पाथीभरा धाममा दर्शन गर्न पुग्नेहरुको संख्या दिनहुँ बढ्दै गएको हो ।

शनिबार र मंगलबारका दिन दैनिक पाँचसयको हाराहारीमा र अन्य दिन एक सयको हाराहारीमा दर्शनार्थी यहाँ पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव सूर्य रिजालले जानकारी दिनुभयो ।

हरेक दिन दर्शनार्थीको संख्यात्मक अभिलेख पनि राख्ने गरिएको बताइएको छ ।

माईली पाथीभरा उत्पत्ति भएपछि यो धाममा विभिन्न पूर्वाधार निर्माण गर्न र अन्य कामका लागि सहयोग गर्नेहरु पनि बढिरहेका छन् ।

यो दुई महिनाको अवधिमा पाथीभरा माताको दर्शन गर्न आउने दर्शनार्थीले चढाएको भेटी मात्रै ७० हजार रुपैयाँ संकलन भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो बाहेक माईली पाथीभरा माताको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गर्न दर्शनार्थी र स्थानीय धर्मावलम्बीबाट १ लाख २३ हजार रुपैयाँ संकलन भइसकेको छ ।