२ असार २०८२, सोमबार | Mon Jun 16 2025


धनकुटामा निर्बाचनको तयारी पूरा, बुथ निर्माण, परिचयपत्र बितरण बाँकी


0
Shares

निर्वाचनको तयारी, मतदाता शिक्षा र सुरक्षाको सबै ब्यवस्था भइसकेकाले ढुक्क भएर मत हाल्न मतदातालाई अनुरोध गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्बाचनको तयारी गरिरहेको जिल्ला निर्बाचन कार्यालय धनकुटाले जिल्लाबाट गर्नुपर्ने सबै काम पूरा गरेको जनाएको छ ।

मतदान सामाग्री ब्यबस्थापन, मतदान कर्मचारी छनौट, कर्मचारी तालिम, मतदाता परचिय पत्र ब्यबस्थापन लगायतको कार्य समेत सकिएको जनाइएको छ ।

अब हरेक मतदान केन्द्रमा बुथ निर्माण, परिचयपत्र बितरणको काम मात्र बाँकी रहेको जनाइएको छ ।

त्यसको लागि समेत १ सय ५३ मतदान अधिकृत सहित १८ सय ३६ कर्मचारी मतदान केन्द्रमा खटाइएको जिल्ला निर्बाचन कार्यलय धनकुटाका प्रमुख केवल प्रसाद रेग्मीले जानकारी दिए ।

यता गाउँगाउँ खटिएका मतदाता शिक्षा स्बयमसेवक पनि मतदातालाई मतदाता शिक्षा दिइसकेका छन् । मतदाता शिक्षाका लागि जिल्लामा १ सय ५३ मतदाता शिक्षा स्वयमसेवक खटिइएका थिए ।

उनीहरुले मतदाताको घरघरमै पुगेर भोट हाल्ने तरिका, पतपत्र पट्याउने तरीका तथा मतपत्रको बारेमा जानकारी दिएका छन् ।

अघिल्लो पटक भएको बदर मतको संख्या घटाउन मतदाता शिक्षा सहित नमुना मतदान समेत गराईएकाले यो पटक बदर मतको प्रतिसत घट्ने जिल्ला समन्बयकर्ता खगेन्द्र आचार्यले जनाकारी दिए ।

धनकुटामा निर्वाचन सुरक्षाको ब्यबस्था समेत मजबुद बनाइएको छ । जिल्लामा प्रहरी अधिकृत सहित ५ सय ५१ जना प्रहरी र ८ सय ३४ जना म्यादी प्रहरी खटिनेछन् ।

मतदान केन्द्रको सवैभन्दा नजिक र मतदातालाई ब्यबस्थित गर्ने जिम्मेवारी प्रहरीको भएकाले हरेक मतदान केन्द्रमा ४ देखि ६ जनासम्म नेपाल प्रहरी खटाईने छ ।

त्यस्तै निर्वाचन सुरक्षाको लागि आबश्यक्ता हेरेर हरेक मतदान स्थलमा सशस्त्र प्रहरी र नेपाली सेना खटिने छन् ।

नेपाली सेना र सशस्त्र प्रहरीले हरेक स्थानीय तहमा बेस क्याम खडा गर्ने र विभिन्न टोली बनाएर सवै मतदानस्थलको रेकी गर्ने गरी तयारी गरिएको छ ।

निर्बाचनका लागि सुरक्षा ब्यबस्था पनि मजदुब पारिएकाले मतदातालाई ढुक्क भएर भोट खसाल्न जिल्ला सुरक्षा समितिका संयोजक तथा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले आग्रह गरे ।

यो निर्बाचनमा धनकुटामा प्रदेश तर्फ दुई र प्रतिनिधि सभा तर्फ एक सिटका लागि ११ राजनीतिक दलका १९ उमेद्वार चुनाबी मैदानमा उत्रिएका छन् ।

जिल्लाका कुल एक लाख पाँच हजार १ सय ८८ मतदाताले आउँदो पाँच बर्षको लागि तिन प्रतिनिधि छनौट गर्नेछन् ।