२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाईंदै, निःस्वार्थ सेवा गर्न आग्रह


0
Shares

स्वयंसेवा मञ्चले काठमाडौमा गरेको कार्यक्रममा उनीहरुले निःस्वार्थ रुपमा सामाजिक काममा सहभागिता जनाउन सबैसँग आग्रह गरे ।

उनीहरुले स्वयंसेवा जस्ता पुण्य काम अरु नभएको भन्दै बिपत्तिमा परेकालाई निःस्वार्थ सेवा गर्न आग्रह गरेका हुन् ।

सामाजिक काम विकासको सूचक भएको भन्दै उनीहरुले जागरणको काममा सहयोग गर्न पनि आग्रह गरे ।

विपत्तिका समयमा नेपालमा विश्वभरबाट आउने स्वयंसेवीको संख्या उल्लेख्य रहेको भन्दै उनीहरु सेवा भावमा समर्पित हुने गरेको बताइयो ।

रक्तदान गरेर, स्वास्थ्य शिविरमा सहभागि भएर, बिभिन्न सामाजिक अभियान र प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धारमा सहभागी भएर स्वयंसेवामा सरिक हुन उनीहरुको आग्रह छ ।

नेपालमा राष्ट्रिय योजना आयोगमार्फत् राष्ट्रिय विकास स्वयंसेवक सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

नेपालमा सरकार तथा रेडक्रस, स्काउट लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यक्तिहरु स्वयंसेवा मार्फत सामाजिक कार्यमा जुट्नेको संख्या पनि अधिक छ ।

नेपालमा महिला स्वयंसेवीहरु ठूलो संख्यामा स्वास्थ्य शिक्षाको प्रवद्र्धनका लागि गाउँ गाउँ पुग्ने गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि सहयोग गरिरहेको छ ।