१ असार २०८२, आइतबार | Sun Jun 15 2025


डडेल्धुरामा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा


0
Shares

पहिले मतदाता परिचयपत्र नलगेका र नयाँ थपिएका गरी १६ हजार ५०७ मतदाता परिचयपत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

परिचयपत्र लिनका लागि आएकाहरुलाई मतदान केन्द्रमै मतदाता शिक्षासमेत दिइएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी सबै पूरा भएको, मतदान केन्द्रहरुमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेको र मतदानस्थल व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।