
राइनास नगरपालिका–१० सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टकाअनुसार कुँडुलेका ३६ वर्षीय बेलबहादुर गुरुङले दाउराको चिर्पट प्रहार गरेपछि श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएकोमा उपचार हुन नसकी गुरुङलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल, फिस्टेल हुँदै काठमाडौंको न्युरो अस्पताल लगिएको थियो ।
गुरुङको उपचारकाक्रममा सोमबार न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घटना भएको दिन आइतबार दुवैले मादकपदार्थ सेवन गरेका थिए । दुवैजना मिल्ने साथी रहेको र राति साँस्कृतिक कार्यक्रम हेरेर फर्कनेक्रममा झगडा भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते रहेका पीडक बेलबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्