१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा बुधबारदेखि


0
Shares

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस