
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो ।
विस्फोटबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनापछि महेन्द्रनगर आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
क्षीरेश्वरनाथ उच्चमाविमा बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानस्थल रहेकाले चुनावविरोधी गतिविधि गरिरहेका तत्वले सुतली बम विस्फोट गराएको हुन सक्ने अनुमान इप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक नरेश सिंहले बताए ।
अहिले उक्त मतदानस्थलमा मतदाता परिचयपत्र वितरण कार्य निर्वाध रुपमा भइरहेको प्रनि सिंहले बताए । रासस
प्रतिक्रिया दिनुहोस्