
मतदाता शिक्षाको काम पनि लगभग पूरा भइसकेको जनाइएको छ । यद्यपि, अझैपनि थुप्रै मतदाताहरुमा मतदान प्रक्रियाकोबारेमा अनभिज्ञता पाइएको छ ।
मौनअवधि सुरु भइसकेको अवस्थामा राजधानी काठमाडौं र विभिन्न जिल्लामा मतदाताहरुलाई मतदान प्रक्रियाकोबारेमा जिज्ञासा राख्दा अहिलेपनि कतिपय मतदाताहरुमा मतदान प्रक्रियाकोबारेमा जानकारी नभएको पाइएको छ ।
यद्यपि, कतिपय मतदाताहरुमा भने केही मात्रामा जानकारी भएको पाइयो ।
तर, कतिपय मतदातामा भने स्पस्ट जानकारी रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्