
राती पौने ११ बजे घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय श्रीमान अनिल शेर्पाले श्रीमती ४० वर्षीया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट मायाको दाहिने गालामा चोट लागेको छ ।
उनको धरानस्थित घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्