२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


रोहिंग्या मुस्लिममाथि नरसंहार गरेको भन्ने आरोप नकार्न सकिदैनः राष्ट्रसंघ


0
Shares

स्वीट्जरल्याण्डको जेनेभामा मानवअधिकार परिषद्को बैठकमा राष्ट्रसंघीय मानवअधिकार मामिला प्रमुख जेइड अल हुसेनले रोहिंग्या मुस्लिममाथि म्यानमारको सेनाले ज्यादती गरेको नकार्ने आधार नभएको बताएका हुन् ।

रोहिंग्यामाथि भएको दुब्र्यबहारको सूची पेश गर्दै उनले रोहिंग्यालाई लक्षित गरी जथाभावी गोली र हतियार प्रहार गरिएको, घरभित्र बसिरहेका बेला आगलागी गरिएको र यसमा सेनाको संलग्नता प्रष्ट देखिएको उल्लेख गरे ।

राष्ट्रसंघका लागि म्यानमारका राजदूत टिन लिनले भने रोहिंग्यामाथि ज्यादती गरेको आरोप अस्वीकार गरे । उनले म्यानमार र बंगलादेशले रोहिंग्यालाई देश फर्काउन पहल गरिरहेको बताए ।

म्यानमारमा रोहिंग्या मुस्लिममाथि सेनाले ज्यादती गरेपछी हजारौं रोहिंग्या बंगलादेश पलायन भएका छन् । (एजेन्सी)