निर्वाचन हुँदैन भनेर हल्ला गर्नेहरु असफल भए, जनता मालिक भएः कृष्ण सिटौला • Image Khabar Image Khabar


निर्वाचन हुँदैन भनेर हल्ला गर्नेहरु असफल भए, जनता मालिक भएः कृष्ण सिटौला


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार ०९:४२

निर्वाचन हुँदैन भनेर हल्ला गर्नेहरु असफल भए, जनता मालिक भएः कृष्ण सिटौला

नेता सिटौलाले झापा क्षेत्र नम्बर १ अन्र्तगत पर्ने कलवलगुरीको “क” मतदान केन्द्रबाट विहान ८ वजेर ९ मिनेट जाँदा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै सिटौलाले नेपालको राजनीतिमा पहिलो पटक नेपाली जनता सार्वभौम भएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा भाग लिन पाएको बताए ।

उनले निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै जनता मालिक हुने निर्वाचन महत्वपूर्ण रहेको जनाए ।

संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने यस निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई सम्बृद्धि तर्फ लाने विश्वास व्यक्त गर्दै जनता आफ्नो लागि आफैं भविष्य निर्माता रहेको तर्क गरे ।

परिवर्तन विरोधीहरु आफैं पाखा लाग्ने जनाउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने उल्लेख गरे ।

परिवर्तनको पक्षमा जनता रहेको तर्क गर्दै उनले आफ्नो पक्षमा परिणाम राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्