४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


नेपाल–चीन व्यापारघाटा कम गर्न ठोस योजना ल्याउन जोड


0
Shares

काठमाडौं, पुस ८ । नेपाल र चीनबीचको व्यापार घाटा कम गर्न ठोस व्यापार योजना आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् ।

चीनका युनान प्रान्तका विभिन्न वस्तुहरुको आज नेपालमा भएको प्रदर्शनीका क्रममा उनीहरुले यस विषयमा जोड दिएका हुन् । नेपालले चीनमा निर्यात बढाउनुपर्नेमा पूर्वराजदुत टंकप्रसाद कार्कीले जोड दिए ।

हाल नेपाली ८ हजार बढी बस्तुहरुले चीनमा भन्सार छुट पाएका छन् । यसमा नेपालबाट निर्यातयोग्य वस्तुहरु थप गरिनुपर्नेमा उनीहरुले जोड दिए ।

युनानका चिनियाँ प्रतिनिधिहरुले यस विषयमा सरकारसँग छलफल गर्ने बताए ।

नेपाल र युनानको भौगोलिक अवस्था र वातावरण समान भएको भन्दै दुवै देशले व्यापार व्यवसायको विकास गर्न सहज हुने उनीहरुको भनाइ थियो ।

युनानको वाणिज्य प्रतिनिधि कार्यालय नेपालले आयोजना गरेको प्रदर्शनीमा युनानका जटिबुटी, सौन्दर्य सामाग्री लगाएतका वस्तुहरु प्रदर्शन गरिएको थियो ।