Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मतदानपछि खनालले भने: ‘अव मुलुकले स्थिर सरकार पाउनेछ’


0
Shares

उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए ।

‘मुलुकले संविधान पाएको छ । शान्ति प्रक्रियाका केही अवशेष बाहेक संक्रमणकाल सकिएको छ ।’

सूर्योदय नगरपालिका–९ रम्फोकमा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा मतदानपछि सञ्चारकर्मीहरूसँग खनालले भने, ‘ यो निर्वाचनबाट नेपाली जनताले ठूलो सफलता हासिल गरेका छन् ।’ अव मुलुकले स्थिर सरकार पाउनेछ । अब जनता अधिकार सम्पन्न हुनेछन’